काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्ड भिड्दै छन्। यो खेल अमेरिकाको मियामी स्टेडियममा आज राति २:४५ मिनेटमा सुरु हुनेछ।
२०१८ को च्याम्पियन तथा २०२२ को उपविजेता बनेको फ्रान्स यसपटक भने सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ।
स्पेनसँग फ्रान्सको यो लगातार तेस्रो ठूलो प्रतियोगिताको सेमिफाइनल हार हो। यसअघि पनि फ्रान्स युरो २०२४ र यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो।
उता इंग्ल्यान्ड सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ ले पराजित भएको थियो। कप्तान लियोनल मेस्सीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले खेलको अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकालेको थियो।