फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड तेस्रो

काठमाडौं। बुकायो साकाको शानदार ह्याट्रिकमा फ्रान्सलाई हराउँदै इङ्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ।

मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड तेस्रो बनेको हो।

खेलको पहिलो हाफमै इङ्ल्यान्डले ४-० को अग्रता बनाएको थियो। इङ्ल्यान्डका लागि खेलको तेस्रो मिनेटमै डेक्लन राइसले गोल गरे। १८औँ मिनेटमा एज्री कोन्साले गोल गरे। साकाले ३०औँ, ४७औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

फ्रान्सका कप्तान केलियन एम्बाप्पेले दुई गोल गरे। उनले ४७औँ र ६६औँ मिनेटमा गोल गर्दै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। विश्वकपमा उनको गोल संख्या १० पुगेको छ भने मेस्सीलाई पछि पार्दै विश्वकपको इतिहासबै सर्वाधिक २२ गोल गर्ने कीर्तिमानसमेत आफ्नो नाममा राखेका छन्। ।

५३औँ मिनेटमा ब्राड्ली ब्रोकोलाले गोल गरे भने इन्जुरी समयको पाँचौं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दा नतिजा ५-४ हुन पुग्यो। त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा जुड बेलिंघले गोल थप्दा इङ्ल्यान्ड खेल ६-४ ले आफ्नो पक्षमा पार्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको