काठमाडौं। छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधवार आजबाट सुरु हुँदै छ।
त्रियोग हाइ स्कुलको आयोजनामा ३ दिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा ८ स्पर्धा समावेश छन्।
स्विस लिग प्रणालीमा हुने प्रतियोगिताको अन्तरगत बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ उमेर समूहका छात्र र छात्राको खेल हुने छ।
बिहीबार कक्षा ६ र ७ तथा ८ देखि १० समूहको छनोट खेल हुने छ। शुक्रवार अन्तिम चरणको खेल हुने छ।
हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४०औँ स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको हो।