काठमाडौं। काभा मेन्स भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ।
नेपाल प्रतियोगिताको पहिलो खेलमा काजाकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। यता श्रींलका भने घरेलु टोली पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
आज दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुने छन्। साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजाकिस्तान, उज्वेकिस्तान, बंलादेश र श्रीलंका सहभागी छन्।
राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।