तीन हारपछि नेपाल आज बंगलादेशविरुद्ध पहिलो जितको खोजीमा

काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। इस्लामाबादस्थित लियाकत जिम्नेसियममा हुने खेल नेपाली समयअनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ।

नेपाल यसअघि खेलेका तीनै खेलमा पराजित भएको थियो। पहिलो खेलमा काजाकिस्तान, दोस्रो खेलमा श्रीलंकासँग पाँच सेटसम्म पुगे पनि हार बेहोर्न बाध्य भयो। त्यसपछि तेस्रो खेलमा पाकिस्तानसँग पनि सोझो सेटमा पराजित भएको थियो।

लगातार तीन हारपछि २ अंक रहेको नेपाल आज बंगलादेशलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ। समान खेलबाट  दुई जितसहित बंगलादेशले चार अंक जाेडेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको