आयोजक काकरभिट्टा बाहिरियो, उर्लाबारी मोरङ एफटी सेमिफाइनलमा

काठमाडौं। काकरभिट्टा च्याम्पियन्स कप–२०८३ अन्तर्गत तेस्रो खेलमा आयोजक काकरभिट्टा युथ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै उर्लाबारी मोरङ फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेको छ।

काकरभिट्टा खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समय दुवै टोलीले गोलरहित बराबरीमा टुंग्याएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो।

सुटआउटमा उर्लाबारीका आशिष कार्की, विवेक राई, किरण शंकर, ओशन राई र जंगे खड्काले गोल गरे। रुन्द्र कार्की भने गोल गर्न असफल रहे।

यता आयोजक काकरभिट्टाका सञ्जय धिमाल, पूजन न्यौपाने, विशाल थिङ र सिमान्त थापाले पेनाल्टीलाई गोलमा परिणत गरे। तर सौरभ सुब्बा र राजु दर्जीको प्रहार असफल भएपछि काकरभिट्टाको यात्रा क्वार्टरफाइनलमै रोकियो।

मोरङ एफटीका कप्तान तथा गोलरक्षक योगेश धिमाल खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) घोषित भए। उनले खेलभर उत्कृष्ट बचाउ गर्दै पेनाल्टी सुटआउटमा काकरभिट्टाका दुई प्रहार रोकेपछि उर्लाबारीलाई अन्तिम चारमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले।

यस जितसँगै उर्लाबारी मोरङ फुटबल टिम सेमिफाइनलमा पुगेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार हुने खेलमा इलामको रेडहर्स एफसी र भारतको सिलिगुडीस्थित कञ्चनजंघा एफसीबीच प्रतिस्पर्धा हुनेछ


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको