पुष्पसदनको विजयी सुरुआत

काठमाडाैं। पुष्पसदनले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ।

पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा भएको प्रतियोगतामा पुष्पसदनले लालीगुराँस नेसनल एकेडेमीलाई ७४–७० ले पराजित ग¥यो। पुष्पसदनका प्रसुन खड्गीले २० अंक जोडे।

कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको प्रतियोगितामा गोल्डेनगेटले मिश्रित नतिजा निकाल्यो। गोल्डेनगेट ‘ए’ ले ओमेगालाई ६३–५९ ले हरायो। विजयी टिमका लागि नवोदित धामीले १४ स्कोर गरे। केभीसीले गोल्डेनगेट ‘बी’ लाई ६१–५५ ले पाखा लगायो। केभीसीका मन्दिप गुरागाईंले ३३ अंक जोडे।

प्रतियोगिताको आयोजक हबका पूर्व अध्यक्ष एवं कन्सुलर फुर्साङ छिरिङ डोङले एक कार्यक्रमबीच उद्घाटन गरे। एइसीसीको प्रायोजन तथा केटो, श्री नव प्रभात डेरी र शुभलाभ बहुउद्देश्यीय सहकारीको सहयोगमा भइरहेको प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

‘म्यान अफ द म्याच’, ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट डिफेन्सिभ र ओफेन्सिभ खेलाडी तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ। कुल पुरस्कार राशी १ लाख ४५ हजार रुपैयाँ रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको