काठमाडाैं। एन्जल्स हार्ट नेसनल स्कुलले युएस ओपन आईएसकेए विश्व मार्सल आटर्ट च्याम्पियनसिपका पदक विजेता करातेका सुमन तिमिल्सिनालाई मंगलबार नगद ३० हजारसहित सम्मान गरेको छ।
अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगताको पुरुष एकल कातामा सुमनले कांस्य जितेका थिए। सुमनलाई एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक थापा, सेकेन्डरी को–ओर्डिनेटर इमकुमारी गुरुङ, प्राइमरी को–ओर्डिनेटर श्रृजना बस्नेत र प्रि प्राइमरी को–ओर्डिनेटर सिमरन डंगोल महर्जनले सम्मान गरे।