काठमाडौं। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका दीक्षण राईको निर्णायक गोलमा रेडहर्स एफसी इलाम काँकरभिट्टा च्याम्पियन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
काँकरभिट्टा रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा रेडहर्सले कञ्चनजंघा एफसी सिलिगुडीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा दीक्षणले मैदान प्रवेश गरेको नौ मिनेटमै गोल गर्दै रेडहर्सलाई जित दिलाए। यससँगै रेडहर्सले साउन १४ गते हुने दोस्रो सेमिफाइनलमा बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा भने साउन १३ गते एपीएफ पकली र उर्लाबारी मोरङ फुटबल टिम आमनेसामने हुनेछन्।
खेलको ५३औँ मिनेटमा दीक्षण राईलाई मैदानमा प्रवेश गरेका थिए। त्यसको नौ मिनेटपछि, अर्थात् ६२औँ मिनेटमा सुगम खजुमले दिएको क्रसमा दीक्षणले बक्सभित्र रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै उत्कृष्ट फिनिस गरे र टोलीलाई अग्रता दिलाए।
दीक्षणको त्यही एकमात्र गोल रेडहर्सलाई १–० को जित दिलाउन पर्याप्त बन्यो र टोलीलाई प्रतियोगिताको सेमिफाइनलमा पुर्यायो।