एसियाड सुरक्षा अभिमुखीकरण जारी

काठमाडौँ। जापानकाे आइची–नागोयामा हुने एसियाली खेलकुदको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, मेनेजर र अफिसियलका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ।

नेसनल ओलम्पिक एकेडेमी (एनओए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा शृङ्खलावद्धरुपमा सुरक्षा अभिमुखीकरण कार्यक्रम गर्दैछ। दोस्रो दिनको सत्रमा कराते, क्रिकेट, उसु, सफ्ट टेनिस, गल्फ, एथलेटिक्स र स्केटबोर्डिङका खेलाडी, प्रशिक्षक, मेनजेरहरुका साथै राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुई सत्रमा सम्पन्न पहिलो दिन पौडी, ब्याडमिन्टन, धनुर्विधा, कबड्डी, टेबल टेनिस, जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासको सहभागिता रहेको थियो।

दोस्रो दिन पनि एनओएका सदस्यद्वय प्रतिभा जोशी र डा. प्रमिला थापाका साथै एनओएका निर्देशक सुजनलाल श्रेष्ठले कक्षा सञ्चालन गरेका थियो। यसअघि, एनओएका अध्यक्ष तेजबहादुर गुरुङले दोस्रो दिनको उद्घाटन गरेका थियो। सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सहमहासचिव तथा आइची–नागोया एसियाली खेलकुदका लागि नेपालका सुरक्षा अधिकृत रामजीबहादुर श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

सुरक्षा अभिमुखीकरण नेपाल ओलम्पिक कमिटीका एसियाडका लागि विभिन्न चरणको तयारीको एक हिस्सा हो। यसको उद्देश्य नेपालको टोलीका सबै सदस्यलाई आइची–नागोया एसियाली खेलकुदअघि सुरक्षा नीति र प्रक्रियाहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको