काठमाडाैं। नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन्। मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन्।
मलेसियाको पुत्रजयामा भएको प्रतियोगितामा नेपाली खेलाडीले थप २ कांस्य पनि जिते। यु–१६ महिला ४२ केजीमुनि प्रकृति राई तथा यु–१८ पुरुष ६० केजीमुनि एलिस बोम्जनले कांस्य हात पारे।
प्रतियोगितामा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष एवं गामा नेपाल रेफ्री राजीव महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा गामा नेपालका अध्यक्ष विनोद महर्जन, प्रशिक्षकद्वय उमेश महर्जन र राज महर्जन तथा टिक व्यवस्थापकमा सागर चित्रकार सहभागी भएका थिए।