सीसीआरसी सेमिफाइनलमा

काठमाडाैं। सीसीआरसी एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले लालीगुराँस नेसनल एकेडेमीलाई ९९–५६ ले पराजित ग¥यो। सीसीआरसीको सहज जितमा विसन खड्काले ३४ अंक योगदान गरे। सीसीआरसी ५ टिम रहेको समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। समूह चरणमा सीसीआरसीले शत प्रतिशत जित निकाल्यो।

एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगतामा केभीसी र पुष्पसदन पनि सेमिफाइनलमा पुगे। मन्दिप गौतमको २३ अंक सहयोगमा केभीसीले प्रिमियरलाई ७५–६९ ले हरायो। केभीसी समूह ‘बी’ को उपविजेता बन्यो। यो समूहबाट मनास्लु विजेता हुँदै सेमिफाइनलमा पुगिसकेको छ।

समूह ‘ए’ को उपविजेता बन्ने क्रममा पुष्पसदनले ओमेगालाई ६२–४२ ले पाखा लगायो। पुष्पसदनका प्रसुन खड्गीले १५ स्कोर गरे। सेमिफाइनलमा पुष्पसदनको भेट मनास्लुसंग हुनेछ। अर्को सेमिफाइनल सीसीआरसी र केभीसीबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको