प्याराडाइस र कौस्तुभ क्वाटरफाइनलमा

काठमाडाैं। प्याराडाइस रिडर्स एकेडेमी र कौस्तुभ एकेडेमी पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१६ गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

उक्त टिमसंगै साम्तेन मेमोरियल, ब्रम्हकुञ्ज, एनबीएफए र माछापुच्छ्रे पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। भंगालस्थित आयोजक भ्याली पब्लिक स्कुलमा भइरहेको प्रतियोगिताको यु–१२ ब्वाइजमा मित्रश्री पाठशाला, एआईए, भ्याली पब्लिक, रिब्स, डाफोडिल र युरो स्कुलले क्वाटरफाइनल यात्रा तय गरे।

यु–१६ ब्वाइजमा कौस्तुभ, एलआरआई, डाफोडिल, ग्यालेक्सी पब्लिक स्कुल, हिमालयन वल्र्ड स्कुल, वेद्व्यास, बूढानीलकण्ठ आश्रम, मार्वलस, एआईए, निम्स, भ्याली पब्लिक, ब्लुम नेपाल, रिब्स र थ्री स्टार एकेडेमी प्रिक्वाटरफाइनलमा पुगे।

तीनै समूहमा नकआउट चरणमा प्रवेश समान २–२ टिमको टुंगो लाग्न बाँकी छ। त्यसको टुंगो लिगको अन्तिम दिन शनिबार लाग्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको