काठमाडाैं। सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन्।
कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले केभीसीलाई ९७–७२ ले पराजित ग¥यो। सीसीआरसीका विसन खड्काले ३१ अंक जोडे। पहिलो क्वाटर २२–२२ को बराबरीमा टुंगियो। दोश्रोमा ३३–१४ को अग्रता लिएको सीसीआरसी तेश्रोमा २२–२३ को झीनोअन्तरले पछि प¥यो। चौथो क्वाटर २०–१३ ले आफ्नो पक्षमा पार्दै सीसीआरसीले जितअन्तर फराकिलो बनायो।
अर्को सेमिफाइनलमा मनास्लुले पुष्पसदनलाई ७५–६८ ले हरायो। मनास्लुका दिवस मगरले १६ स्कोर गरे। तेश्रो क्वाटरको समाप्तिसम्म मनास्लु समग्रमा ६ अंकले पछि परेको थियो। मनास्लु पहिलोमा १७–१९ र दोश्रोमा ८–२० ले पछि परेको थियो। त्यसपछिको खेलमा पुनारगमन गरेको मनास्लु तेश्रोमा २१–१३ र चौथोमा २९–१६ को अग्रता लिदै जित सुनिश्चित ग¥यो।
दुवै टिम अपराजित फाइनल पुगेका हुन्। ५ टिम रहेको समूह ‘ए’ बाट सीसीआरसी तथा ४ रहेको समूह ‘बी’ बाट मनास्लु विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए।
एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजनमा पुल्चोकियन्स फिट्नेस हबले आयोजना गरेको प्रतियोगतामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन्। फाइनल मंगलबार हुनेछ।