काठमाडौं। बहराइनमा भएको आईएसएफ जिमनासाइडका पदक विजेता खेलाडी तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) को चुनावी साधारण सभाबाट हालै कार्यकारी सदस्यमा निर्वाचित राजकुमार कार्कीलाई आइतबार सम्मान गरिएको छ।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्। जिमनासाइडको बक्सिङमा नोर्बु थेन्डुप शेर्पा र स्वस्तिका तिरुवाले स्वर्ण तथा रोहित जनाला र सूर्यन वैद्यले कांस्य जितेका थिए । तेक्वान्दोमा उज्ज्वल वाग्लेले स्वर्ण तथा निविता केसीले कांस्य जितेका थिए। बक्सिङ प्रशिक्षक दिपक महर्जनलाई पनि सम्मान गरियो।
उनीहरुलाईलाई नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, हिसान, प्याब्सन, एनप्याब्सन, अपेन र त्रिभूवन विश्वविद्यालयका प्रतिनिधिले एक कार्यक्रमबीच सम्मान गरे।