काठामाडाैं। एआईए र ब्रम्हकुञ्ज पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एआईएले मित्रश्री पाठशालालाई २–१ तथा ब्रम्हकुञ्जले आयोजक भ्याली पब्लिकलाई टाइब्रेकरमा २–१ गोलले पराजित गरे । सोही स्पर्धामा एनबीएफले युरो स्कुललाई ४–० तथा डाफोडिलले रिब्सलाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा पुगे ।
यु–१६ ब्वाइजमा डाफोडिलले ग्यालेक्सी पब्लिक स्कुललाई ४–३, रिब्सले भ्याली पब्लिकलाई ४–१, निम्सले बूढानीकलकण्ठ आश्रमलाई २–१ र एलआरआईले कौस्तुभ एकेडेमीलाई ३–२ गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१६ गल्र्समा कौस्तुभले प्याराडाइस रिडर्सलाई टाइब्रेकरमा २–०, गोल्डेनपिकले साम्तेनलाई टाइब्रेकरमा ३–२, ब्रम्हकुञ्जले एबीएफएलाई २–० तथा भ्याली पब्लिकले माछापुच्छ«ेलाई टाइब्रेकरमा ३–१ गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।