काठमाडौं। केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाको चिलीमा भव्य स्वागत गरिएको छ।
फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका ४० वर्षीय भोजिन्हा चिलीको शीर्ष क्लब कोलो–कोलोसँग अनुबन्ध पूरा गर्न सान्टियागो पुगेका हुन्।
विमानस्थलमा समर्थकले उनको स्वागत गर्दै नाम जपेका थिए भने क्लबले पनि सामाजिक सञ्जालमार्फत उनको आगमनको उत्साहपूर्ण स्वागत गरेको छ।
विश्वकपमा स्पेन, उरुग्वे र अर्जेन्टिनाविरुद्ध उत्कृष्ट बचाउ गर्दै भोजिन्हाले विश्व फुटबलमा विशेष चर्चा बटुलेका थिए। उनको प्रभावशाली प्रदर्शनपछि कोलो–कोलोले उनलाई अनुबन्ध गरेको हो।
भोजिन्हाले चाँडै स्वास्थ्य परीक्षण पूरा गरेपछि कोलो–कोलोबाट औपचारिक रूपमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।