काठमाडाैं। आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनला प्रवेश गरेका छन्।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले निम्बल एकेडेमीलाई १–० तथा तेजस्वीले पास्कल इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित गरे।
तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भइरहेको प्रतियोगिताको सिनियर गल्र्समै इडिफाइ इन्टरनेसनल स्कुलले काठमाडौं लिटिल ब्लोसम्सलाई २–० तथा ल्यान्डमार्क एकेडेमीले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २–० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
प्रतियोगिताको टोप्सका अध्यक्ष भरतमणि पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे। दोस्राे दिन मंगलबार जुनियर ब्वाइजको खेल हुनेछ। अध्यक्ष पोखरेलले प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास, अनुशासन, स्वस्थ प्रतिस्पर्धा तथा नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
संकृति शिक्षा सदनका व्यवस्थापन निर्देशक रबी केसीले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
संस्कृती शिक्षा सदनका संयोजक प्रकाश न्यौपानेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने टोप्स परिवार, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, शिक्षक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे। प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज तथा सिनियर गल्र्समा प्रतिस्पर्धा भइरहेको छ।