एनबीएफए र मित्रश्री पाठशाला फाइनलमा

काठमाडौं। एनबीएफए र मित्रश्री पाठशाला पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइज फाइनलमातर्फ प्रवेश गरेका छन्।

बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित आयोजक भ्याली पब्लिकमा साेमबार सम्पन्न सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित ग¥यो।

एनबीएफएका आरुष दाहालले २ गोल गरे। डाफोडिलका जेभिसले गरेकाे गाेल सान्त्वना बन्याे। अर्को सेमिफाइनलमा मित्रश्रीले ब्रम्हकुञ्जलाई ३–२ गोलले हरायो। मित्रश्रीका रिसबले २ गोल गरे। अर्को गोल आत्माघाती थियो। ब्रम्हकुञ्जका सत्यम र आयुशले समान १–१ गोल गरे।

यु–१६ ब्वाइजमा एलआरआई र निम्स सेमिफाइनलमा पुगे। एलआरआईले डाफोडिललाई ३–० गोलले पाखा लगायो। एलआरआईका आशुतोषले २ तथा दिक्षान्तले १ गोल गरे । निम्सले रिब्सलाई २–० गोलले पाखा लगायो। निम्सका करणले २ गोल गरे।

यु–१६ गल्र्समा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज उपाधिका लागि भिड्ने भएका छन्। कौस्तुभले गोल्डेनपिकमाथि २–० को जित दर्ता ग¥यो। कौस्तुभकी मिरा बस्नेत र सुहवीले समान १–१ गोल गरे। ब्रम्हकुञ्जले भ्याली पब्लिकको चुनौती २–० गोलले पन्छायो। विजयी टिमका लागि आशिका र सन्जिराले १–१ गोल गरे।

यु–१२ ब्वाइजमा ब्रम्हकुञ्ज, यु–१६ ब्वाइजमा रिब्स र यु–१६ गल्र्समा गोल्डेनपिक तेश्रो बने। ब्रम्हकुञ्जले डाफोडिललाई टाइब्रेकरमा २–१, रिब्सले डाफोडिललाई ५–२ र गोल्डेनपिकले भ्याली पब्लिकलाई १–० गोलले पराजित गरे। फाइनल मंगलबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको