काठमाडाैं। हेराल्ड इन्टरनेसनल कलेज र सीसीआरसी प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार विजयी भएका छन्। हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ तथा सीसीआरसीले न्युटनलाई ४८–३४ ले पराजित गरे।
हेराल्डका डेविड राईले १२ तथा सीसीआरसीका रोहन महतले १८ अंक जोडे। ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले एलआरआईलाई ६४–५०, गोल्डेनगेट इन्टरनेसनल कलेजले सत्य साइलाई ४४–३२ र मनास्लुले निम्सलाई ६७–५२ ले हराए। जेभियरका रोशन नगरकोटीले १८, गोल्डेनगेटका नेल्सन श्रेष्ठले १९ र मनास्लुका सिद कार्कीले १२ स्कोर गरे।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको गल्र्समा एलआरआईले जेभियर ‘बी’ लाई ३०–१९ तथा गोल्डेनगेटले जेभियर ‘ए’ लाई ३४–२६ ले पाखा लगाए। एलआरआईकी लुनिभा सिंहले १४ तथा गोल्डेनगेटकी एन्जल गुप्ताले १० अंक जोडे।