रामबहादुरलाई वाइल्ड कार्ड

काठमाडौं। ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाएका छन्।

राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जनाएका छन्।

पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुने अध्यक्ष थापाले बताए। पारा एसियाली खेलकुद जापानमा अक्टोबर १८ तारिखदेखि सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको