ह्वाइट हेभेन र ल्यान्डमार्क सेमिफाइनलमा

काठमाडाैं। ह्वाइट हेभेन स्कुल र ल्यान्डमार्क एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनला प्रवेश गरेका छन्।

ह्वाइट हेभेनले निम्बल एकेडेमीलाई ७–१ गोलले पराजित ग¥यो। ह्वाइट हेभेनको सहज जितमा इशान श्रेष्ठले ४ गोल योगदान गरे। ल्यान्डमार्कले किन्डर गार्तेनलाई टाइब्रेकरमा २–१ गोलले हरायो।

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृति शिक्षा सदनमा भइरहेको प्रतियोगितामा बेलमोन्ट इन्टरनेसनल एकेडेमी र इडिफाइ इन्टरनेसनल स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

बेलमोन्टले आयोजक संस्कृतिलाई टाइब्रेकरमा २–१ तथा इडिफाइले गण्डकी बोर्डिङ स्कुललाई २–० गोलले पाखा लगाए। सिनियर गल्र्समा आयोजक संस्कृति, तेजस्वी एकेडेमी, ल्यान्डमार्क र इडिफाइ यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन्।

बुधबार सिनियर ब्वाइजको खेल हुनेछ। सिनियर ब्वाइजमा पनि बुधबारै सेमिफाइनल समीकरण तयार हुने प्रतियोगिता संयोजक प्रकाश न्यापानेले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको