केयुकेएल च्याम्पियन

काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटीको संयुक्त आयोजनामा तेस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

साउन १५ देखि १७ गतेसम्म ललितपुरस्थित डीएभी कलेजको फुटसल मैदानमा आयोजित प्रतियोगितामा विभिन्न क्षेत्रका ३२ कर्पोरेट टोलीको सहभागिता रहेको थियो।

फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै उपाधि जित्यो। निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

उपाधिसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले रु. १ लाख नगद, ट्रफी र स्वर्ण पदक प्राप्त गर्यो। उपविजेता नेपाल नागरिक उड्डयन प्राधिकरणले रु. ५५ हजार नगद, ट्रफी तथा रजत पदकमा चित्त बुझायो।

कर्पोरेट क्षेत्रका कर्मचारीबीच खेलकुदमार्फत आपसी सम्बन्ध, नेतृत्व क्षमता र टोली भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको