क्युकेएस अन्तरविद्यालय फुटसल सुरु

काठमाडाैं। काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।

प्रतियोगिताको काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा र क्युकेएसका अध्यक्ष समेत रहेका कान्जिरोवाका प्रिन्सिपल रन्जित थापाले संयुक्त रुपमा उद्घाटन गरे। पहिलो दिन समूह चरणका १० खेल सम्पन्न भए।

सिनियर ब्वाइजमा भक्तपुर निस्टले रोजबडलाई २–० तथा काष्ठमण्डप ‘ए’ ले रोजबडलाई २–१ गोलले पराजित गरे। सोही स्पर्धामा काष्ठमण्डप ‘ए’ र भक्तपुर निस्टले गोलरहित बराबरी खेले।

जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले त्रियोगलाई २–१ र भक्तपुर निस्टलाई ६–० तथा त्रियोगले भक्तपुर निस्टलाई १–० गोलले हराए। रोजबड र अक्षराबीच खेल १–१ को बराबरीमा टुंगियो।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को कार्यक्रम अनुसार सञ्चालित प्रतियोगिताको सिनियर गल्र्समा त्रियोगले भक्तपुर निस्टलाई ४–० तथा काष्ठमण्डप ‘ए’ ले भक्तपुर निस्टलाई २–० गोलले पाखा लगाए। काष्ठमण्डप ‘ए’ र त्रियोगबीचको खेल गोलरहित बराबरीमा सकियो।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा १५, सिनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा १२ टिम सहभागी छन्। फाइनल साउन २९ गते हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको