काठमाडौं। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा अगस्ट २१ देखि ३० तारिखसम्म आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिका, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने सिरिजसमेतलाई लक्षित गर्दै १५ सदस्यीय नेपाल ‘ए’ टोली छनोट गरेको हो।
अनिल कुमार साहको कप्तानीमा रहेको टोलीमा ऋत राज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।
यससँगै कुशल भुर्तेल र कुशल मल्ल दुवै नेपाल ‘ए’ टोलीमा समेटिएका छन्।