जनकपुरमाथि कर्णालीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरि विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटियो । जनकपुरका लागि तल्लो क्रममा ब्याटिङमा आएका अभिषेक तिवारीले १७ खेल्दै २० रनको सर्वाधिक योगदान गरे । कप्तान हरमित सिंह र मोइन अलि समान १९ रनमा पवेलियन फर्कदा जिम्मी निशम १५ रनमा आउट भए ।

मयन यादवले १४ तथा अनिल शाहले ११ रन जाेडे । कर्णालीका लागि युनिश ठकुरी र हुसैन तलतले समान ३ तथा नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको मध्यम योगफल तयार गरेको थियो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर मार्क वाट १ रनमा आउट हुदाँ दिपक डुम्रेको नाममा १३ रन रह्यो ।

पवन सरार्फ ३७ बलमा ३७ रनका साथ पवेलियन फर्कदा गुलसन झाले १२ रन जोडे । नन्दन यादव रनमा अविजित रहँदा अकबर अलि तथा कप्तान सोमपाल कामी समान १ रनमा समेटिए ।

जनकपुरका लागि कप्तान हरमित सिंहले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिएर ३ विकेट लिएका थिए । ट्यालेन्ट हन्टबाट टोलीमा स्थान बनाउँदै जनकपुरका लागि पहिलो खेल खेलेका राहुल यादवको नाममा २ विकेट रह्यो । राहुल डेब्यु बलमा नै विकेट लिन सफल भए । इंग्ल्याण्डका अनुभवी अलराउन्डर मोइन अलिले २ विकेट लिदा ललित राजवंशीको नाममा १ विकेट रह्यो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको