काठमाडाैं। संस्कृति इन्टरनेसनल स्कुल र कान्जिरोवाले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले मेरिडियनलाई ३–२ तथा कान्जिरोवाले इम्पेरियल वल्र्डलाई ३–० गोलले पराजित गरे। सोही स्पर्धामा युरो, हात्तीगौडा र संस्कृति तथा भक्तपुर निस्ट र जोन डेवीले गोलरहित बराबरी खेले। काठमाडौं प्रज्ञा कुञ्ज र युरो, बानियाँटारबीचको खेल १–१ गोलको बराबरीमा सकियो।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको सिनियर गल्र्सको खेलमा जोन डेवीले मेरिडियनलाई ३–० तथा इम्पेरियलले युरो, बानियाँटारलाई १–० गोलले पाखा लगाए। संस्कृति विरुद्ध भने इम्पेरियल गोलरहित बराबरीमा रोकियो।
जुनियर ब्वाइजमा संस्कृतिले भक्तपुर निस्टलाई ४–० तथा काठमाडौं प्रज्ञा कुञ्जले युरो, बानियाँटारलाई १–० गोलले पन्छाए। मेरिडियन र इम्पेरियलबीचको गोलरहित बराबरीमा टुंगियो।