काठमाडाैं आयोजक काष्ठमण्डप विद्यालयको दुवै टोली दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा पुगेका हुन्।
काष्ठमण्डप ‘ए’ ले कान्जिरोवालाई ३–० तथा काष्ठमण्डप ‘बी’ ले रोजबडलाई २–० गोलले पराजित गरे। सोही स्पर्धामा युरो स्कुल, हात्तीगौडाले अक्षरालाई टाइब्रेकरमा २–१ तथा काठमाडौं प्रज्ञा कुञ्जले संस्कृति इन्टरनेसनल स्कुललाई १–० गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सेमिफाइनलमा काठमाडौं प्रज्ञा कुञ्जको भेट काष्ठमण्डप ‘बी’ संग हुनेछ भने युरोले काष्ठमण्डप ‘ए’ को सामना गर्ने छ।
सिनियर गल्र्समा जोन डेवीले युरो, छाउनीलाई ७–०, इम्पेरियलले त्रियोगलाई टाइब्रेकरमा २–१, काष्ठमण्डप ‘ए’ ले संस्कृतिलाई टाइब्रेकरमा २–१ र मेरिडियनले काठमाडौं प्रज्ञा कुञ्जलाई २–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनल जोन डेवी र काष्ठमण्डप ‘ए’ तथा इम्पेरियल र मेरिडियनबीच हुनेछ।
सिनियर ब्वाइजमा भक्तपुर निस्टले युरो, छाउनीलाई १–०, कान्जिरोवाले दीक्षालयलाई २–१, बौद्ध इन्टरनेसनल स्कुलले काष्ठमण्डप ‘ए’ लाई १–० र इम्पेरियलले संस्कृतिलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे। सेमिफाइनलमा भक्तपुर निस्टले इम्पेरियल तथा कान्जिरोवाले बौद्ध इन्टरनेसनल विरुद्ध खेल्ने छन्।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार सेमिफाइनसंगै तेश्रो स्थानका लागि पनि खेल हुनेछ।