काठमाडाैं। साविक विजेता लुम्बिनी लायन्सले निरोशन डिकवेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ। आगामी कार्तिक ९ देखि सुरु हुने नेपाल प्रिमियर लिग सिजन–३ का लागि श्रीलंकाका विकेटकिपर–ब्याटरले पुनः लुम्बिनीबाट खेल्ने भएका हुन्।
गत सिजन डिकवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूहचरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध भएका थिए।
डिकवेला आएपछि लुम्बिनीले बाँकी ६ खेल नै जितेर च्याम्पियन बन्याे। डिकवेलाले ६ खेलमा १२२ माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए।