एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिम

काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभी) ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ को घोषणा गरेको छ।

सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहेको छ। नयाँ टोलीले सुदूरपश्चिमका ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीलाई अवसर प्रदान गर्दै व्यावसायिक तथा राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।

टोलीका तर्फबाट सञ्जीप शाहीले सुदूरपश्चिममा भलिबलको पर्याप्त सम्भावना रहे पनि यसअघि महिला भलिबल लिगमा आफ्नै फ्रेन्चाइज टोलीमार्फत प्रतिनिधित्व हुन नसकेको भन्दै नयाँ टोलीमार्फत त्यसलाई परिवर्तन गर्ने बताए।

लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले सुदूरपश्चिम रोयल वारियर्सलाई लिगमा स्वागत गर्दै यसबाट प्रतियोगिताको राष्ट्रिय पहुँच अझ विस्तार हुने विश्वास व्यक्त गरिन्।

लिगको तेस्रो संस्करणका लागि आगामी दिनमा थप महत्वपूर्ण घोषणा गरिने आयोजकले जनाएको छ। याेसँगै तेस्राे संस्करणमा ७ टिम भएका छन्। लगातार दुई सिजन च्याम्पियन बनेकाे कर्णाली यश्विससँगै काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, लुम्बिनी लाभास, मधेश युनाइटेड, पोखरा निन्जाज र नयाँ टिम
सुदूरपश्चिम रोयल वारियर्स रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको