काठमाडाैं। डिएभी ‘रातो’ जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा सेमिफाइनलमा प्रवेश गरेको छ।
डिएभी ‘रातो’ ले बिहीबार आयोजक एन्जल्स हार्ट नेसनल स्कुललाई २३ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको टी– १० इन्डोर छात्र क्रिकेटमा भ्याली पब्लिकले एन्जल्स हार्ट माविलाई ८ विकेट, द सेलिब्रसनले हिमालयन ह्वाइटहाउसलाई १८ रन, नेरिक एकेडेमीले केएमसीलाई ५ विकेट, मानसिंहले पुष्पसदनलाई ९ विकेट, डिएभी ‘नीलो’ ले क्रिएटिभ एकेडेमीलाई ८१ रन र जेम्सले सत्य साइ शिक्षा सदनलाई ९ विकेटले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।