कान्जिरोवा र भक्तपुर निस्ट फाइनलमा

काठमाडाैं। कान्जिरोवा र भक्तपुर निस्ट दोस्राे क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा कान्जिरोवाले बौद्ध इन्टरनेसनल स्कुललई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो। भक्तपुर निस्टले इम्पेरियल वल्र्डलाई १–० ले हरायो। बौद्धले इम्पेरियललाई सडन डेथ (६–५) मा पाखा लगाउदै तेस्राे भयो।

काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘ए’ लाई ७–० र मेरिडियनले इम्पेरियललाई १–० गोलले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे। मेरिडियनले काष्ठमण्डप ‘ए’ लाई ३–० ले पराजित गर्दै तेस्राे बन्यो।

जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले युरो स्कुल, हात्तीगौडालाई १–० तथा काठमाडौं प्रज्ञा कुञ्जले काष्ठमण्डप ‘बी’ लाई टाइब्रेकरमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरे। काष्ठमण्डप ‘बी’ ले युरो, हात्तीगौडामाथि १–० को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको