ज्ञानोदय र इबीए क्वाटरफाइनलमा

काठमाडाैं। ज्ञानोदय र इडेन ब्रिज एकेडेमी (इबीए) १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

ज्ञानोदयले न्यु जेनिथलाई २६–६ ले पराजित ग¥यो। ज्ञानोदयको जितमा सुवेक्षा वज्राचार्यले ११ अंक योगदान गरिन्। अनामिका पटेलको ९ अंक सहयोगमा इबीएले संस्कृति इन्टरनेसनल स्कुललाई २०–१९ को साँघुरोअन्तरले हरायो।

सोही स्पर्धामा काठमाडौं भ्याली, रानीवनले आयोजक ग्रिनफिल्डलाई १६–८ तथा रेडियन्ट पब्लिकले अद्वित्यलाई ३४–६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। काठमाडौं भ्याली, रानीवनकी जमुना तामाङले ११ तथा रेडियन्ट पब्लिककी प्रीतिका रसाइलीले ९ स्कोर गरे।

सिनियर ब्वाइजमा मार्वलसले अरुणीलाई ४८–१०, साइन मोडेलले काठमाडौं भ्यालीलाई ४९–३९, संस्कृतिले ज्ञानोदयलाई ५९–५१ र पुष्पसदनले ब्राइट होराइजनलाई ५५–५० ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे। मार्वलसका सिनेप शाहीले ७, साइन मोडेलका अमुल्य घिमिरेले १६, संस्कृतिका औलाना श्रेष्ठले २७ र पुष्पसदनका सम्राट लामाले १८ अंक जोडे। इनोभेटिभले हेम्सलाई ४३–३२ ले पन्छायो। इनोभेटिभका कल्याण मगरले ९ अंक जोडे।

जुनियर ब्वाइजमा इबीएले पिपुल्स एकेडेमीलाई ३४–२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए। इबीएका प्रसिक श्रेष्ठले १७ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको