तेस्रो पटक तोकियो एनभीएलको मिति

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) पुरुष फ्रेन्चाइज प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको छ। नयाँ मितिअनुसार प्रतियोगिता भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ।

केडिया ग्रुपको आयोजनामा हुने नेपालकै पहिलो पुरुष फ्रेन्चाइज भलिबल लिग ‘उचाइको नयाँ उडान’ नारासहित यसअघि भदौ १२ देखि २० गतेसम्म आयोजना गर्ने मिति तय गरिएको थियो। तर, आयोजकले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो।

यसअघि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच भएको सम्झौताअनुसार प्रतियोगिता भदौ ४ देखि १३ गतेसम्म आयोजना गर्ने तालिका थियो। सोहीअनुसार नेपाल भलिबल संघले असार १६ गते पत्रमार्फत प्रशिक्षकका लागि तीन दिनको समय तोकेर दरखास्त आह्वान गरेको थियो।

प्रतियोगिताका लागि साउन १० गते नै खेलाडीको अक्सन सम्पन्न भइसकेको छ। एनभीएलको पहिलो सिजनमा ६ टोलीको सहभागिता रहनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको