काठमाडौं। विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन अर्नवमान शेरचन आइतबार चीनको गुइयाङ जाने भएको छन्।
भदौ ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा अर्नवले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जनाएका छन्। अर्नवलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।
तपाईको प्रतिक्रिया !!!