काठमाडौं। साउदी प्रो लिगअन्तर्गत नयाँ सिजनको पहिलो खेलमा अल हिलालले अल फैसललाई ४–२ गोलले पराजित गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा अल हिलाललाई जित दिलाउन रुबेन नेभेसले दुई गोल गर्दा करिम बेन्जेमा र माल्कमले समान एक गोल गरे।
खेलको १९औँ मिनेटमा बेन्जेमाको पेनाल्टी गोलमार्फत अल अलिाले अग्रता बनाएको थियो। माल्कमले २६औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। रुबेन नेभेसले २८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि अल हिलाल पहिलो हाफमै ३–० ले अघि रह्यो।
दोस्रो हाफमा अल फैसलका अलेक्जान्द्रे मेन्डीले ५९औँ र थियो बोङ्गोन्डाले ६४औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर रुबेन नेभेसले ८२औँ मिनेटमा पुनः पेनाल्टीमार्फत गोल गर्दै अल हिलालको ४–२ को जित पक्का गरे।
यो जितसँगै अल हिलालले नयाँ सिजनमा तीन अंक जोड्दै सुरुआत गरेको छ।