काठमाडौं। तेस्रो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभी) असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
आयोजकले औपचारिक रुपमा शनिबार मिति घोषणा गरेको हो। प्रतियोगिता असोज १५ देखि दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने जनाएको छ।
प्रतियोगिताको उक्त मितिलाई नेपाल भलिबल संघले समेत आधिकारिक स्वीकृति प्रदान गरेको आयोजकले जनाएको छ। स्वीकृतिसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक रूपमा अघि बढाइएको छ।
यसअघि शुक्रबार पुरुष फ्रेन्चाइज भलिबल लिग नेपाल भलिबल लिग ९एनभीएल० को मिति पनि सार्वजनिक भएको थियो। जसअनुसार एनपीएल भदौ १९ देखि २७ सम्म हुनेछ।