रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधी रक्षा

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधी रक्षा गर्न सफल भएका छन्।

पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनाल विच भएको खेलमा प्रिन्सले जित हात पारे। प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन्। यसका साथै प्रिन्सले लिगमा हारेको बदला समेत लिएका छन्। प्रिन्सले ४८ हजार ५ सय मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने उपबिजयी क्षितिजले ३० हजार मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त प्राप्त गरे। पिस फिटनेश क्लबका बिष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त तेश्रो भए। बिष्णुले नगद १२ हजार ५ सय, प्रफुलले नगद १४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

आईतबार सम्पन्न फाईनल खेलमा रसिलाले पुलिसकी शेस्ना श्रीपालीलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेकी हुन्। तृतीय स्थानमा पुलिसकी निता लम्साल र एपिएफकी रिहाना शेरचन रहे। रसिलाले नगद ५० हजार पुरस्कार प्राप्त गरिन्। दोश्रो भएकी शेस्नाले नगद २८ हजार ५ सय र तृतीय भएका रिहाना सेरचन ले नगद १४ हजार र निता लम्सालले नगद १२ हजार ५ सय प्राप्त गरे।

पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनाल विच भएको खेलमा प्रिन्सले जित हात पारे । प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन्। यसका साथै प्रिन्सले लिगमा हारेको बदाला समेत लिएका छन्। पिस फिटनेश क्लबका बिष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त तेश्रो भए। बिष्णुले नगद १२ हजार ५ सय, प्रफुलले नगद १४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको शिर्ष ८ बाहेकको पुरुष एकल तर्फको खेलमा नेपाल पुलिस क्लबका डेभिड थापा मगरले उपाधीमा आफ्‌नो नाम लेखाए। डेभिडले आफ्‌नै क्लबका कविर के.सी. माथि २१–७, २१–१८ को जित निकाल्दै उपाधी जितेका हुन्। तेश्रो स्थानमा इलामका दिवस शंकर र आर्मीका सुप्रिम पन्त रहे।

महिला तर्फ कास्कीकी दिलाशा रानाले फिटनेपाल स्पोर्टस्‌प्लेक्सकी निभा राई माथि २१–१६, २१–१४ को जित निकाल्दै उपाधी उचालिन्। तेश्रो स्थानमा पुलिस क्लबकी श्रेया बज्राचार्य र सुनसरी ब्याडमिन्टन एकेडेमीकी सविज्ञा दाहाल रहे। बिजयी खेलाडीले नगद ३० हजार, उपबिजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त।

सहआयोजक यल स्पोर्टस् एकेडेमीको ग्वार्कोस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगल तर्फ त्रिभुवन आर्मी क्लका अमिता गिरी र रसिला महर्जनको जोडी तथा चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडी विच भएको खेलमा गिरी र महर्जनको जोडी ले २१–२३,, २१–१८, २१–१३ को जित हात पारे। सूर्खेतका निर्भिता शाही र निशा सिंहको जोडी तथा पुलिसका निता लम्साल र शेस्ना श्रीपालीको जोडी संयुक्त तेश्रो भए।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा एपिएफका देवराज राना र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधी जिते। उक्त जोडीले आर्मीका बिधान अधिकारी र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरेका हुन्। एपिएफका क्षितिज खनाल र सुजन थापाको जोडी तथा बालकुमारी रिमिक्सका सशिन डङ्गोल र सुमन शाक्यको जोडी संयुक्त तेश्रो भए। महिला/पुरुष युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

पुरुष यु–११ एकल तर्फ नेपाल पुलिस क्लबका विराट बस्नेतले बिजय हासिल गरे। बस्नेतले नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा माथि २१–१५, १८–२१, २२–२० को कठिन जित हात पारेका हुन्। तेश्रो स्थानमा आर्मीका क्रिमोन रिजाल र कस्तुरी एकेडेमीका प्रज्ञान ढकाल रहे।

महिला तर्फ एपिएफकी रेन्शा श्रेष्ठले सिन्धुपाल्चोककी रिदिना श्रेष्ठलाई २१–८, २१–६ ले पराजित गर्दै उपाधी उचालिन्। तेश्रो स्थानमा जोजो ब्याडमिन्टन एकेडेमीकी देनिशा प्रधान र ग्यालेक्सी पब्लिक स्कुलकी योञ्जना मगर रहे। बिजयी खेलाडीहरुले क्रमशः नगद १५ हजार, ८ हजार र ४ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

यु–१५ को पुरुष तर्फको उपाधी धन्यन्तरीका सुहम कार्कीले उचाले। सुहमले आर्मीका सुदेश राजकोटीलाई २१–१९, ७–२१, २२–२० पराजित गरेका हुन्। सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङ्ग र कन्चनपुरका आशिष खत्री संयुक्त तेश्रो भए। महिला तर्फ निभा राईले नेपाल पुलिसकी अश्मिता खत्री माथि २१–१६, २२–२० को जित हात पार्दै उपाधी उचालिन्। तेश्रो स्थानमा आर्मीकी समृद्धी श्रेष्ठ र एपिएफकी स्वर्लिन श्रेष्ठ रहे। बिजयीले नगद २० हजार, १० हजार र ५ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

यु –१९ पुरुष एकलको प्रतिस्पर्धामा नेपाल पुलिसका कविर के.सी.ले जित हात पारे। केसीले आर्मीका सुप्रिम पन्तलाई २१–१६, २१–१७ ले पराजित गरेका हुन्। तेश्रो स्थानमा आर्मीका रिजन मगर र सुदेश राजकोटी रहे। महिला तर्फ कास्कीकी दिलाशा रानाले एशियन गेमका लागि छनौट हुन सफल एपिएफकी रिहाना सेरचनलाई २१–१४, २१–१२ अन्तरको जित हात पार्दै उपाधीमा नाम लेखाईन्। तेश्रो स्थानमा फिटनेपाल स्पोर्टस्‌प्लेक्सका निभा राई र एपिएफकी स्वर्लिन श्रेष्ठ रहे। बिजयीले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

पुरुष युगल ३५ बर्ष माथिको उपाधीका लागि कास्कीका बिशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडी तथा चितवनका बिधान गुरुङ्ग र छत्र थापाको जोडी विच भएको प्रतिस्पर्धामा खड्का र महर्जनको जोडीले २१–१७, २१–१३ को जित निकाले। तेश्रो स्थानमा फिटनेश पार्कका राम बानिया र विरेन थापाको जोडी तथा पिस फिटनेश क्लबका बिष्णु कटुवाल र एपिएफका बिशाल प्रधान रहे।

मास्टर ४५ बर्ष माथि फिटनेश पार्कका भूमी बहादुर गुरुङ्ग र विरेन थापाको जोडी र पिस फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी विच भएको प्रतिस्पर्धामा भूभी र विरेन को जोडी ले २४–२६, २१–१६, २२–२० को संघर्षपूर्ण जित निकाल्दै उपाधी उचाले। तेश्रो स्थानमा फिटनेश पार्कका बिपन खड्का र सुवाष श्रेष्ठको जोडी तथा बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र किर्तिपुरका अमित महर्जनको जोडी रहे।

मास्टर ५५ बर्ष माथिको उपाधी दार्जिलिङ्ग, भारतका ग्याल्सिन भुटिया र कोलकत्ता, भारतका प्रणव दासको जोडीले जिते। उक्त जोडीले फिटनेश पार्कका भूमि बहादुर गुरुङ्ग र सुवाष श्रेष्ठको जोडीलाई १७–२१, २१–१७, २१–१० ले पराजित गरेका हुन्। मण्डला ब्याडमिन्टन एकेडेमीका बिल बहादुर अधिकारी र चेत सिंह थापाको जोडी तथा मणिपुर भारतका अमुसाना र शम्भुलाल प्रधानको जोडी संयुक्त तेश्रो स्थानमा रहे।

३५ बर्ष माथिको युगल, ४५ र ५५ बर्ष माथि मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४० हजर, २० हजार र १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाईकल/स्कुटर प्राप्त गर्नेछन्। यस अघिको संस्करणमा लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाईकल प्राप्त गरेका थिए।

बिजयी खेलाडीहरुलाई नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, सहमहासचिव नविन बिक्रम शाह, सदस्य सत्यनाराण मानन्धर र केशव कार्की लगायतले पुरस्कार वितरण गरेका थिए।

पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका अहिले सम्मका विजेताहरु
प्रथम – सरादेवी तामाङ्ग र बिकास श्रेष्ठ (२०११)
दोश्रो – सरादेवी तामाङ्ग र रत्नजित तामाङ्ग (२०१२)
तेश्रो – सरादेवी तामाङ्ग र रत्नजित तामाङ्ग (२०१३)
चौथो – सरादेवी तामाङ्ग र रत्नजित तामाङ्ग (२०१४)
पाँचौ –​नङ्गसल तामाङ्ग र रत्नजित तामाङ्ग (२०१६)
छैटौं – नङ्गसल तामाङ्ग र रत्नजित तामाङ्ग (२०१७)
सातौं – जेशिका गुरुङ्ग र रत्नजित तामाङ्ग (२०१८)
आठौं –​नङ्गसल तामाङ्ग र रत्नजित तामाङ्ग (२०१९)
नवौं –​रसिला महर्जन र रत्नजित तामाङ्ग (२०२०)
दशौं –​जेशिका गुरुङ्ग र प्रिन्स दाहाल (२०२१)
एघारौं – अनुमाया राई र प्रिन्स दाहाल (२०२२)
बार्‍हौं – अनुमाया राई र प्रिन्स दाहाल (२०२३)
तेर्‍हौं – रसिला महर्जन र प्रिन्स दाहाल (२०२४)


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको