रश्मीको दुई गोलमा ट्रान्सपोर्टको फराकिलो जित

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रश्मीकुमारी घिसिङको दुई गोलमा भुटानी महिला राष्ट्रिय लिग ‘टियर–१’ मा ट्रान्सपोर्ट युनाइटेड लेडीजले गेलेफु गर्ल्स एकेडेमी यू–२० माथि ६–० को फराकिलो जित निकालेको छ।

ट्रान्सपोर्ट युनाइटेडको जितमा रश्मीकुमारीले दुई गोल गरिन्। यस्तै अनिता केसी, तासी वाङ्मो, दीपा शाही र मीना देउवाले समान एक गोल गरे।

रश्मीले खेलको नवौँ मिनेटमा गोल गर्दै ट्रान्सपोर्ट युनाइटेडलाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि तासी वाङ्मोले २४औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याइन्। रश्मीले दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल थपिन्।

यो जितसँगै ट्रान्सपोर्ट युनाइटेडले लिगमा प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। रश्मीकुमारीले पछिल्ला २ खेलमा ८ गोल गर्दै टोलीको आक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको