काठमाडौं। नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता भदौ ६ गतेदेखि हुने भएको छ।
नेपालमा पहिलोपटक हुने लागेको ¥याङकिङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष धुव्रबहादुर गुरुङले जानकारी दिए।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट १६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट अरहान्तकेशर सिम्ह, दीपक थापा, पासाङ ब्लोन, सरोज तामाङ, राकेश परियार र नयनबहादुर मगरले चुनौती पेश गर्ने छन्।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेताले ४००, उपविजेताले २०० तथा सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० अमेरिकी डलर प्राप्त गर्ने प्रतियोगिताका निर्देशक रुपकदास ताम्राकारले बताए। त्यस्तै क्वार्टरफाइनलमा पुग्ने खेलाडीलाई जनही ५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।