काठमाडाैं। स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुआत गरेको छ। जोसे माउरिन्होको दोस्रो कार्यकालको पहिलो खेलमा रियलले इस्पान्योललाई २–१ गोलले पराजित गरेको हो।
शनिबार राति सम्पन्न खेलमा रियलले नवौँ मिनेटमै जुड बेलिङ्घमको गोलबाट अग्रता लिएको थियो। आर्दा गुलेरको क्रसमा बेलिङ्घमले हेडमार्फत गोल गरेका थिए।
तर ३०औँ मिनेटमा एलेक्स कालात्राभाले इस्पान्योलका लागि बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो।
निर्धारित समय सकिन लाग्दा रियलले निर्णायक गोल गर्यो। ९०औँ मिनेटमा वैकल्पिक खेलाडी कार्लोस एस्पीले गोल गर्दै रियललाई २–१ को रोमाञ्चक जित दिलाए। रियलका लागि यो एस्पीको पहिलो गोलसमेत हो।
यससँगै माउरिन्होले १३ वर्षपछि रियलको प्रशिक्षकका रूपमा फर्किएपछि आफ्नो पहिलो आधिकारिक खेलमै जित हासिल गरेका छन्। रियलले नयाँ ला लिगा सिजनको सुरुआत तीन अंकबाट गरेको छ।
अन्य खेलकाे नितजा
रियल बेटिस १–० रियल सोसिडाड
भ्यालेन्सिया ०–० सेल्टा भिगो
एथलेटिक बिल्बाओ १–३ सेभिया
इस्पान्योल १–२ रियल म्याड्रिड