दक्षिण एसियाली करातेका पदक विजेता सम्मानित

काठमाडाैं। बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ। तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो।

सन् २०२६ को जुलाई १५ देखि १९ तारिखसम्म भएको दक्षिण एसियाली करातेको विभिन्न स्पर्धामा मिनबहादुर तामाङले स्वर्ण, सुविन सुनारले रजत तथा अनु मुक्तान तामाङ, रेगन घले र नोर्विन गजुरेलले कांस्य जितेका थिए। मिनलाई कराते प्रशिक्षक महेश महर्जनले प्रोत्साहन स्वरुप व्यक्तिगत ५ हजार नगद पुरस्कार पनि प्रदान गरेका थिए। मिन जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्।

सोही अवसरमा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको विभिन्न स्पर्धामा पदक जितेका तेजस्वीका विद्यार्थी निरज शाह पनि सम्मानित भए। ग्रेडिङमा ७० खेलाडी सहभागी थिए। त्यसमध्ये मिचेल घले उत्कृष्ट खेलाडी घोषित भइन्। सशस्त्र प्रहरीका एसएसपी जहरसिंह बुढा मगर, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत, तार्केश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै ग्रेडिङमा सहभागीलाई प्रमाण पत्र प्रदान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको