वियंकालाई स्वर्ण

काठमाडाैं। महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा पहिलो भएकी छन्। सोही क्याम्पसकी आस्मा पहरी दोश्रो तथा एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु श्रीष तेश्रो भए।

यु–१४ ब्वाइज सिंगल्समा डिएभीका रिभानमुनि वज्राचार्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोश्रो तथा प्रोक्सिमाका नयन ललुवा र प्रिमियरका विशाल बस्नेत तेश्रो बने। सोही स्पर्धाको गल्र्समा एभीएमकी श्रृया शाक्यले स्वर्ण, एभीएमकै तयाबुङमा राईले रजत तथा आरम्भ संस्कारकी प्राज्ना महर्जन र आरम्भकै यमिला श्रेष्ठले कांस्य जिते।

यु–१६ ब्वाइजमा सिंगल्समा भासराका रिजन शाक्य प्रथम, एभरेष्टका आर्यन शाही द्वितीय तथा आरम्भका निश्चल थापा र प्राइमका सुगम पौडेल तृतीय भए।
भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खोल्चा पुखुका नदिमरत्न शाक्य पहिलो, आईटीटीएका राजेश भट्टराई दोश्रो तथा सीवाइसीटीटीका किरण ब्यञ्जनकार र कीर्तिपुरका जयराम महर्जन तेश्रो भए।

कलेजको महिला टिम इभेन्टमा महेन्द्र रत्न पहिलो, एभीएम दोश्रो तथा प्रिमियर र विश्व आदर्श तेश्रो स्थानमा रहे। स्कुलको ब्वाइज टिममा आरम्भ पहिलो, प्राइम दोश्रो तथा एभीएम र श्रृष्टि एकेडेमी तेश्रो बने। उक्त स्पर्धाको गल्र्समा एभीएम पहिलो, आरम्भ दोश्रो तथा ह्वाइटफिल्ड र सिर्जना ज्ञान सागर तेश्रो भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको