इन्डोर क्रिकेट हुने

काठमाडाैं। डि टु इभेन्ट्सको आयोजनामा राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा २४ पुरुष टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ। प्रत्येक समूहको विजेता टोली सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छन्।

मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ।

पत्रकार सम्मेलनका अवसरमा ट्रफी पनि सार्वजनिक गरिएको थियो। एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र पावर्ड बाइ लेकाली जाभाका अध्यक्ष केनिश श्रेष्ठले ट्रफी सार्वजनिक गरे।

तीनदिने प्रतियोगिताका खेलहरु चुनीखेलस्थित रोयल स्पोर्ट्स पार्कमा खेलाइने छ। आयोजकका अनुसार प्रतियोगताका सञ्चालन गर्न करिब १४ लाख रुपैयाँ खर्च हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको