सिन्धुपाल्चोक। जोशिलो युवा सञ्जालको आयोजनामा हुने तेस्रो संस्करणको पात्ले फुटसल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
भदौ २७ र २८ गते दुई दिन सञ्चालन हुने प्रतियोगिताको उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका सबै खेल बलेफी फुटसलमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। प्रतियोगिताको सह–आयोजकमा बलेफी गाउँपालिका–८ रहेको छ भने प्राविधिक सहयोग सिन्धुपाल्चोक जिल्ला फुटबल संघ र युवा सहकार्य सुनकोशी युवा संस्थाको रहेको छ।
प्रतियोगिता सम्पन्न गर्न शिशिर कार्कीको विशेष सहयोग रहने आयोजकले जनाएको छ