काठमाडौं। साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले अल तावुनलाई २–१ गोलले पराजित गर्दै विजयी यात्रा जारी राखेको छ।
घरेलु मैदानमा अल नासरको पुनरागमन जितमा सामु कोस्टा र क्रिस्टियानो रोनाल्डोले गोल गरे। अल तावुनका लागि मोहम्मद अल हुरैजीले गरेको गोल सान्त्वना बन्यो।
अल तावुनका हुरैजीले ११औँ मिनेटमै गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, पहिलो हाफको इन्जुरी समयमा सामुले गोल गर्दै अल नासरलाई १-१ बराबरी अबस्थामा ल्याए। त्यसपछि ५०औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीको जित पक्का गरे।
यस जितसँगै अल नासरले लिगमा लगातार चार खेल जित्दै १२ अंक सहित शीर्ष स्थानमा छ।यो गोलसँगै उनी अल नासरको साउदी प्रो लिग इतिहासमा सर्वाधिक १०४ गोल गर्ने खेलाडीसमेत बनेका छन्।