एभीएमका प्रजित र वियंका च्याम्पियन

काठमाडौं भदौ १३ गते। प्रजिल भट्टराई र वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। एभीएमकाद्वय प्रजिल पुरुष तथा वियंका महिला खुला सिंगल्समा च्याम्पियन बने।

पुरुषको फाइनलमा प्रजिलले नेपाल प्रहरीका एलेक्स महर्जनलाई ११–६, ११–८ र ११–८ को सोझो सेटमा पराजित गरे। महिलाको उपाधि भिडन्तमा वियंकाले भोर्टेक्सकी दीक्षा दाहाललाई सीधा सेटमा ११–७, ११–८ र १२–१० ले हराइन्।

प्रतियोगिताअन्तर्गत स्कुल र कलेज दुवैमा टिम एभीएम च्याम्पियन बन्यो। विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको