इम्पेरियल वल्र्डको विजयी सुरुआत

काठमाडौं। आयोजक इम्पेरियल वल्र्ड स्कुलले आईडब्लुएस बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ। उत्कृष्ट सुरुआत गरेको इम्पेरियलले सिनियर गल्र्स÷ब्वाइज र जुनियर ब्वाइजमा जित हात पा¥यो।

बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको खेलमा इम्पेरियलले युरो, बानियाँटारलाई २०–३ ले पराजित ग¥यो। विजेताकी छेरयाल तामाङले ९ अंक जोडिन्। सिनियर ब्वाइजमा इम्पेरियलले युरो, बानियाँटारलाई १८–१३ ले हरायो । इम्पेरियलका टमीले ८ स्कोर गरे।

जुनियर ब्वाइजमा इम्पेरियलले न्यु मिलिनियमलाई १७–२ ले पाखा लगायो । इम्पेरियलका लागि प्रज्ञान तामाङले ८ स्कोर गरे। सिनियर ब्वाइजको अन्य खेलमा टीआईए र संस्कृति इन्टरनेसनल स्कुल विजयी भए । टीआईएले न्यु मिलिनियमलाई ३२–२२ ले पाखा लगायो। टीआईएका दिवस जोशीले १२ अंक जोडे। संस्कृतिले युरो, हात्तीगौडालाई ४६–३३ ले पन्छायो । संस्कृतिका अभिग्न श्रेष्ठले २५ स्कोर गरे।

जुनियर ब्वाइजको अर्को खेलमा डाफोडिलले सफलता पायो। डाफोडिलले टीआईएमाथि १६–८ को जित रच्यो । टीआईएका लिजेश लामाले ६ अंक बटुले। प्रतियोगिताको पूर्व बास्केटबल खेलाडी कर्मा गुरुङले उद्घाटन गरे। प्रतियोगितामा सिनियर ब्वाइज÷गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहेको स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको