ज्ञानोदय र लिटिल एन्जल्स विजयी

काठमाडाैं। आयोजक ज्ञानोदय बालवाटिका र लिटिल एन्जल्स (एलए) ले ३२औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको गल्र्समा मंगलबार जित हात पारेका छन्।

बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई २०–८ ले पराजित ग¥यो। ज्ञानोदयकी सुवेक्षा वज्राचार्यले १० अंक जोडिन्। एलएले रातो बंगलालाई १६–८ ले हरायो। एलएकी स्कार्लेट प्रजापतिले ५ स्कोर गरिन्।

गल्र्स बास्केटबलमै एलिक्सर एकेडेमी विरुद्धको खेलमा भने रातो बंगला २०–११ ले विजयी भयो। रातो बंगलाकी आयषा जफ्फरले १० अंक बटुलिन्। ब्वाइज बास्केटबलमा एलिक्सरले डिएभीलाई ३५–१४ तथा एलएले रातो बंगलालाई २६–१८ ले पाखा लगाए। एलिक्सरका एम्ब्रोसले १६ तथा एलएका सुजल यादवले १२ अंक जोडे।

स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको गल्र्स फुटबलमा रातो बंगला र एलएले सफलता पाए। रातो बंगलाले ज्ञानोदयलाई ४–० गोलले पराजित ग¥यो। रातो बंगलाकी इभाना सुवेदी र स्वीकृति शाहले समान २–२ गोल गरे। एलएले त्रियोगमाथि २–० को जित दर्ता ग¥यो। दुवै गोल अभिव्यत्ति तामाङले गरिन्। ब्वाइज फुटबलमा एलएले पाठशालालाई २–० गोलले पाखा लगायो। अक्षय श्रेष्ठले गोल गरे। बाँकी गोल आत्माघाती थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको