टीआईए, प्रिमियर र डाफोडिलको जित

काठमाडाैं। टीआईए, प्रिमियर इन्टरनेसनल र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन्। विजेता तीनै टोलीले रातो बंगलालाई पराजित गरे।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा टीआईएले रातो बंगलालाई १०–३ ले पराजित ग¥यो। टीआईएको जितमा विरास कार्कीले ८ अंक योगदान गरे। अदिस प्रधानाङ्गको १४ अंक सहयोगमा प्रिमियरले रातो बंगलालाई २०–५ ले हरायो। जुनियर ब्वाइजमै डाफोडिलले रातो बंगलालाई २३–६ ले पाखा लगायो। डाफोडिलका पेम्बा शेर्पाले १० स्कोर गरे।

सिनियर गल्र्समा काष्ठमण्डप विद्यालयले त्रियोगमाथि ३१–७ को आरम्दायी जित निकाल्यो। काष्ठमण्डपकी आराध्या ओझाले ८ अंक जोडिन्। सनियर ब्वाइजमा जेम्सले आयोजक इम्पेरियललाई ३०–५ ले सहजै पन्छायो। जेम्सका अभन राजले १० अंक जोडे । सोही स्पर्धामा टीआईए र युरो स्कुल, हात्तीगौडाबीचको खेल वर्षाका कारण सम्भव भएन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको